बिएल संवाददाता
भारतका चारवटा राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन्।
कोरोना भाइरसको संक्रमणदर केही कम भएसँगै पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खोल्न लागिएको हो।
विगत केही दिनयता भारतमा दैनिक कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा घट्न थालेको छ। दुई सता अघिसम्म दैनिक करिब एक लाख संक्रमित हुँदै आएका भारतमा अहिले त्यो संख्या झण्डै ५० प्रतिशतले घट्न थालेको छ।
पछिल्लो २४ घण्टामा भारतमा झण्डै ५४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने करिब पाँच सयले ज्यान गुमाएका छन्।
त्यहाँ अहिलेसम्म एक लाख १४ हजार ६ सय ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७५ लाख ४८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
यसैकारण स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षाका ५० प्रतिशत विद्यार्थीलाई मात्रै अध्यापन गराइन लागेकाे हाे। बाँकीलाई अर्को दिन अध्ययन गराइनेछ।
पठनपाठनको समय दैनिक ३ घण्टा मात्र निर्धारण गरिएको छ। उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय जान आह्वान गरिएको छ।
एउटा सिटमा एक जना विद्यार्थीलाई बसाइने छ। त्यस्तै हिमाञ्चल प्रदेशमा पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय खुला गरिएको छ।
सिक्किम सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर निर्धारण गरेको छ।
यस्तै विगत आठ महिनादेखि बन्द रहेको रेल सेना आजबाट सञ्चालनमा आएको छ। आजबाट मुम्बईमा रेल चल्नेछ।
बिहान साढे ८ बजेदेखि बेलुका साढे ८ बजेसम्म रेल चल्ने जनाइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया