सभापतिका आकांक्षीको नाडी छाम्दै सिटौला

रातोपाटी

काठमाडाैं

काठमाडौं । कोरोना महामारीले नेपाली काँग्रेसमा महाधिवेशनका गतिविधि ‘आइसोलेट’ भए पनि सभापतिका आकांक्षीहरु आफ्नो पक्षमा रणनीति बनाउन तथा राजनीतिक भेटवार्तामा व्यस्त भइरहेकै छन् । असोजको अन्तिम साता सभापतिका आकांक्षी डा. शेखर कोइरालाले पार्टीमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेको तथ्य प्रकाशमा आएको छ । सिटौला र शेखरको भेटवार्तालाई निकै चासोका साथ लिइएको छ । किनभने केही अघि डा. कोइरालाले पार्टीमा निर्णायक र वैचारिक हिसाबले सिटौलाको समूह निरीह रहेको टिप्पणी गरेका थिए । सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मोर्चाबन्दीमा सिटौलाले साथ नदिएपछि १२ असोजमा डा. कोइरालाले यस्तो टिप्पणी गरेका थिए । एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘उहाँहरु (सिटौला समूह) आफूलाई वैचारिक समूह भन्नुहुन्छ, त्यस्तो हो कि होइन, व्यवहारमा देखिन्छ नि !’

प्रकाशित मिति: : 2020-10-18 12:19:00

प्रतिकृया दिनुहोस्