ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

अनलाइनखबर

काठमाडौं

१ कात्तिक, काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् ।

ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको अहिले सघन उपचार चलिरहेको छ । 

धनगढीमा बिस्फोटनको भोलिपल्ट बिहीबार काठमाडौंको नयाँबजारमा अर्को ग्यास सिलिण्डर बिष्फोट भयो । नीलकुमारी क्षेत्रीको घरमा भएको बिस्फोटमा ११ जना घाइते भए । गम्भीर घाइते चार जनासहित सबैको उपचार जारी छ ।

बिस्फोटको प्रकृति यति भयानक छ कि सिलिण्डर पड्किएको घरका कोठाहरु एक प्रकारले ध्वस्त नै भएको छ । वरीपरिको घरको झ्यालका सिसासमेत फुटेका छन् । विष्फोटनबाट तीनवटा घरमा क्षति पुगेको छ ।

प्रकाशित मिति: : 2020-10-17 20:06:00

प्रतिकृया दिनुहोस्