सरकारले आफ्नो भूमिसमेत रक्षा गर्न सकेन: नेता सिंह

प्रकाशमान सिंह
प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको आराेप लगाएका छन्।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता समेत रहेका प्रदीप ज्ञावलीले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन्।

‘सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको छ। आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्न नसक्ने सरकारले जनतालाई सुरक्षा दिन सक्छ कि सक्दैन भन्ने कुराकाे प्रश्न उठन थालेकाे छ,’ उनले भने।

पूर्वउपप्रधानमन्त्री सिंहले करिब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए।

‘अहिले ठ्रूला ठूला भ्रष्टाचार काण्ड भएको छ। हत्या, हिंसा र बलात्कारकाे घटना घटेकाे छ। त्यसको निष्पक्ष छानविनको समेत हुन सकेकाे छैन,’ उनले भने। 

प्रकाशित मिति: : 2020-10-17 12:21:00

प्रतिकृया दिनुहोस्