मालपोत कार्यालय पर्सामा प्रशासनको छापा, १३ कर्मचारीसहित २१ जना पक्राउ

वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा प्रशासनले छापा मारेर निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ।

लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले छापामारेको थियो।

बिहीबार राति करिब पौने ९ बजेको समयमा गरिएको छापामारीको क्रममा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो ।

वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा नियन्त्रणमा लिइएका कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी छाडिएको छ। लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ । लेखापढी व्यवसायीहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम साह, रवीभुषण प्रसाद पटेल वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा छन् ।

कार्यालयको निर्धारित समय सकिएपछि पनि बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलयमा गैरकानुनी ढंगबाट अवैध काम भइरहेको सूचनाको आधारमा छापामारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

बाहिरका मानिससहित राति ९ बजेसम्म बसेर काम किन गरिएको हो भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने सहायक प्रजिअ पौडेलले बताए ।

‘कार्यालयको कामकाज प्रभावित नहोस भनेर कर्मचारीहरुलाई छोडेका छौं, लेखापढी कानुन व्यवसायीलाई प्रहरी हिरासतमा राखिएको छ । उनीहरुसँग बयान लिएर थप अनुसन्धान पछि कारबाही प्रक्रिया अघि बढ्छ ।’ सहायक प्रजिअ पौडेलले भने ।

प्रशासनको टोलीले रजिष्ट्रेसन फाँटको तीन वटा दराजमा राखिएको नगद १२ हजार २ दुई सय ५५ रुपैयाँ समेत बरामद गरेको छ । पैसा कच्याक कुच्चुक पारेर दजारमा राखिएको अवस्थामा भेटिएकोले सेवाग्राहीसँग घुस लिएको रकम हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: : 2020-10-16 14:31:00

प्रतिकृया दिनुहोस्