पाकिस्तानमा घरभित्रै आर्मीमाथि हमला, २० पाक आर्मीको निधन

बिएल संवाददाता

इस्लामाबाद
पाकिस्तानी आमीमाथि घरभित्रै हमला भएको छ।
पाकिस्तानी आमीमाथि घरभित्रै हमला भएको छ। यो घटनामा २० पाकिस्तानी आर्मी मारिएको पत्रपत्रिकाले जनाएका छन्। बिहीबार साँझ पहिलो हमला उत्तरी बजिरिस्तान र दोस्रो हमला खैबर पख्तुनख्वा क्षेत्रमा भएको थियो। 

पाकिस्तानी आमीमाथि घरभित्रै हमला भएको छ। यो घटनामा २० पाकिस्तानी आर्मी मारिएको पत्रपत्रिकाले जनाएका छन्। बिहीबार साँझ पहिलो हमला उत्तरी बजिरिस्तान र दोस्रो हमला खैबर पख्तुनख्वा क्षेत्रमा भएको थियो। 

मर्ने आर्मीको संख्या अझै बढ्न सक्ने समाचारमा उल्लेख छ। घाइते थुप्रै आर्मीको अवस्था गम्भीर छ। पछिल्लो पाँच महिनामा पाकिस्तानी सेनाको गाडीमा हमला भएको यो चौथो घटना हो। हालसम्म ५० भन्दा बढी सैनिकको निधन भइसकेको छ। 

ग्वादरमा भएको हमलालाई सरकारले सबैभन्दा गम्भीर मानेको छ। किनभने यो स्थानमा पाकिस्तान र चीन मिलेर पोर्टको निर्माण गरिरहेका छन्। यो क्षेत्र बलुचिस्तान र उत्तरी बजिरिस्तानको सीमामा पर्छ। 

‘द ट्रिब्युन’ पत्रिकाको रिपोर्टअनुसार पाकिस्तानी आर्मीको मिडिया विङले उत्तरी बजिरिस्तानमा ६ अफिसर मारेको बताएको छ। हमला राजमक गाउँमा भएको थियो। सेनाको गाडी पेट्रोलिङ गरेर क्याम्पमा फर्किने बेला हमला भएको थियो। सेनालाई सबैभन्दा ठूलो क्षति खैबरपख्तुनख्वामा भएको छ। यहाँ १४ जना मारिएको र यसमा एक जना कमाण्डर पदका अधिकारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ। यहाँ सेनाको गाडी ओरमारामा भएको ग्यास एन्ड आयल प्लान्टको निरीक्षण गरेर फर्किएको थियो। 

प्रधानमन्त्री इमरान खानले यस विषयमा पाकिस्तानी आर्मीसँग रिपोर्ट माग गरेको बताइएको छ।

प्रकाशित मिति: : 2020-10-16 11:51:00

प्रतिकृया दिनुहोस्