कार्यकर्तालाई कोरोना भएपछि कमला ह्यारिसले रद्द गरिन आफ्नो सबै यात्रा

उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले आफ्नो सबै चुनावी अभियानलाई स्थगित गरेकी छिन्।
उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले आफ्नो सबै चुनावी अभियानलाई स्थगित गरेकी छिन्।

उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले आफ्नो सबै चुनावी अभियानलाई स्थगित गरेकी छिन्। ड्मोक्रेट उम्मेदवार ह्यारिसको चुनावी अभियानका क्रममा कम्युनिकेसन निर्देशक तथा फ्लाइटको एक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। 

ह्यारिसको अभियान दलकी व्यवस्थापक जेन ओ मेली डिलोनले यसको जानकारी दिँदै भनिन्, ‘कमला संक्रमित स्टाफको सम्पर्कमा थिइनन्। त्यसैले क्वारेन्टाइनमा बस्नुपर्ने आवश्यकता छैन। तर, सावधानीका लागि तत्कालको यात्रा स्थगित गरिएको छ।’

चुनावी दलका आफ्ना कार्यकर्तामा कोरोना पोजेटिभ भेटिएपछि कमलाले दुई पल्ट परीक्षण गरेको उनले बताइन्। दुबै रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

प्रकाशित मिति: : 2020-10-16 11:48:00

प्रतिकृया दिनुहोस्