चीन–भारत सीमा विवाद: सेनालाई ‘हाई अल्र्ट’ मा बस्न राष्ट्रपति सीको आदेश

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो आर्मी पिपुल्स लिबरेसन (पीएलए) लाई युद्धका लागि तयार रहन आदेश दिएका छन्। 

हालै एउटा सैन्य बेस क्याम्पको भ्रमण गर्ने क्रममा उनले भनेका छन्, ‘युद्धका लागि शारीरिक र मानसिक रूपमा तयार भएर बस्नुहोस्।’ भारतसँग वर्षदेखि पूर्वी लद्दाखको सीमालाई लिएर चीन आक्रामक बनेको छ। 

चीन र भारतबीच बढ्दो सीमा विवादका कारण भारतको २० सैनिकलाई चिनियाँ सेनालाई गलवान उपत्यकामा मारेको थियो। लामो समयपछि यी दुई देशले सीमा रेखामा गोली पनि हानाहान गरेका थिए। 

चिनफिङ गत मंगलबार ग्वाङदोङ प्रान्तको सैन्य क्षेत्रको भ्रमणमा निस्किँदा उनले आफ्ना आर्मीलाई निष्ठापूर्वक लड्न अपील पनि गरेका थिए। उनले यतिबेला छाओझु शहरमा रहेको सेनाको मरिन क्रप्सको निरिक्षण पनि गरेका थिए। 

चीनलाई इन्डियन ओसिनमा घेर्ने लक्ष्य अनुरूप अमेरिका, अस्ट्रेलिया, जापान र भारतका जल सेना सयुक्त अभ्यास गर्दैछन्। यसलाई क्वाडको नाम दिइएको छ। 

चीनले यसअघि अमेरिकालाई एसियाको शान्ति बिथोल्ने काम नगर्न चेतावनी दिएको थियो। यसका लागि अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने पनि उसको भनाई थियो। 

चिनफिङले सेनालाई युद्धका लागि ‘हाई अल्र्ट’ मा बस्न आदेश दिएको चिनियाँ न्युज एजेन्सीले पनि पुष्टी गरेका छन्। राष्ट्रपति चिनफिङ ग्वाङदोङ राज्यमा निर्माण भएको सेनझेन विशेष आर्थिक क्षेत्रको ४० औं स्थापना दिवसको अवसरमा त्यहाँ पुगेका थिए।
 
चिनियाँ राष्ट्रपतिको सैन्य क्याम्पको भ्रमणअगाडि चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘अमेरिकी कांग्रेसले ताइवानलाई अत्याधुनिक हतियार उपलब्ध गराउने तीन वटा सम्झौंतामाथि समीक्षा गर्दैछ।’ 

यदी यस्तो भएमा चीन आक्रामक हुने पनि विदेश मन्त्रालयले जानकारी दिएको थियो।

प्रकाशित मिति: : 2020-10-15 07:45:00

प्रतिकृया दिनुहोस्