रक्षा मन्त्रालयबाट हटाइए ईश्वर पोखरेल

काठमाडौं
रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ । उनलाई उपप्रधानमन्त्री मात्रै राखिएको छ भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् ।  यसअघि पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए । बुधबार गरिएको हेरफेरमा पोखरेललाई विना बिभागीय मन्त्रीमा राखिएको छ ।


 

प्रकाशित मिति: : 2020-10-14 17:59:00

प्रतिकृया दिनुहोस्