आक्रामक रुपमा सुरु भयाे सर्वोच्चका लागि प्रस्ताव गरेकी न्यायाधीश एमीको संसदीय सुनुवाई

अमेरिकाको सर्वोच्च अदालतमा खाली रहेको न्यायाधीश पदका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमी कोनी ब्यारेटकाे संसदीय सुनुवाई सुरु भएको छ।

चुनावको मुखैमा आएर ट्रम्पले गत सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा एक विशेष कार्यक्रम आयाेजना गरेर एमीको नाम प्रस्ताव गरेका थिए। उक्त कार्यक्रम पछि उनमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे।

सुनुवाई समितिका रिपब्लिकन प्रमुखले लगातार सुनुवाई हुने बताएका छन्।

सिनेटमा सुनुवाईको सुरुवात आफ्नो सुरुवाति वक्तव्य राखेकी छिन्। उनले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मानको कुरा रहेको बताइन्।

अति विवादास्पद र आक्रामक रुपमा सुरु भएको सिनेट सुनुवाईको क्रममा उनले निष्पक्ष रुपमा कानूनको सेवा गर्ने बताएकी छन्। कुनै पनि मुद्दाको सुनुवाई निष्पक्ष रुपमा गर्ने बताएकी हुन्।

एमीले कुनै पनि मुद्दाको सुनुवाई निष्पक्ष रुपमा गर्ने र कानूनको व्याख्या जसरी लेखिएको छ त्यसरी नै गर्ने प्रतिवद्ध जनाएकी छिन्।

एमीले आफ्नो व्यक्तिगत अवधारणा जे भएपनि कानूनको व्याख्यालाई आत्मसाथ गर्ने बताइन्। उनले कानूनलाई त्यसको विश्लेषणात्मक नभई लेख्य आधारमै व्याख्या गरिनुपर्नेमा जोड दिइन्। 

एमी कन्जरभेटिभ न्यायाधीश हुन्। रुढीवादीहरुकी प्रिय एमीको नाम सिनेटले अनुमोदन उनले सर्वोच्च अदालतमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ लिने छिन्। 

एमीले भनिन्, ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित भएकी छु, तर कसैले कहिल्यै पनि उहाँको ठाउँ लिन सक्ने छैन। म जहिले पनि उहाँले बनाएको मार्ग र उहाँले निर्देशिक गरेको जीवनका लागि आभारी रहने छु।’

तर उनले सेभेन्थ सर्किट कोर्ट अफ अपिल्सको न्यायाधीशका रुपमा गरेको फैसलाहरुले न्यायाधीश गिन्सबर्गले स्थापित गरेको सिद्धान्तहरु विपरित छन्। सुनुवाईको क्रममा डेमोक्र्याटिक सिनेटरहरुले उनलाई ती विषयलाई लिएर गम्भीर प्रश्न गर्ने छन्।

ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमीको मनोनयन राजनीतिक रुपमा विवादास्पद बनेको छ। चुनावको संघारमै आएर खाली भएको न्यायाधीश पदका लागि रिपब्लिकनको नियन्त्रण रहेको सिनेटले अति हतार गरेर सुनुवाई प्रक्रिया थालेकाे छ।

रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो। 

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन्। 

सिनेटमा सामान्य बहुत रहेका रिपब्लिकनले नोभेम्बर ३ मा हुने चुनाव पूर्व नै सुनुवाई प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेका छन्। राष्ट्रपति चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन्।

एमी अनुमोदन भएमा सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको संख्या ६ पुग्ने छ र लिबरल न्यायाधीशको संख्या तीनमा सीमित हुनेछ। कानून अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। 

यस्तो भएमा अमेरिकी संविधानमा महत्वपूर्ण मानिएको न्यायालयमा वैचारिक सन्तुलन आउँदा केही दशकका लागि खलबलिने छ। यस्तै अहिलेको न्यायाधीश नियुक्तिसँगै सर्वोच्चमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। 

उनीहरुले स्वेच्छिक अवकास लिने मात्रै विकल्प छ। सर्वोच्चका न्यायाधीशको फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्छ।

न्यायाधीश एमी नियुक्त भएमा कुनै पनि राजनीतिक विवादको विषय सर्वोच्चमा पुगे रिपब्लिकनको पक्षमा फैसला हुन सक्ने शंसयमा डेमोक्र्याटहरु रहेका छन्। फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्ने निश्चित छ।

डेमोक्र्याटहरुले नियुक्त भएपनि आउँदो नोभेम्बरमा हुने चुनावमा विवाद उत्पन्न भएमा र सो विषय अदालत पुगे त्यसमा सामेल नहुन न्यायाधीश एमीसँग अपिल गरेका छन्। यस्तै ओबामाकेयर नामक स्वास्थ्य सेवा सम्बन्धी मुद्दाको सुनुवाईमा पनि उनी सामेल हुन नहुने डेमोक्र्याटको भनाई छ।
 

प्रकाशित मिति: : 2020-10-13 07:13:00

प्रतिकृया दिनुहोस्