सरकारले विदेशमा रहेका नेपालीलाई दाेस्राे दर्जाकाे रुपमा हेर्‍याे: डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले सरकारले विदेशमा रहेका नागरिकलाई दोस्रो दर्जा रुपमा हेरकेो भन्दै आपत्ति जनाएका छन्

गैरआवासीय संघ (एनआरएनए)को स्थापना दिवसको अवसरमा आइतबार आयोजित भुर्चुअल कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले यस्तो बताए। 

उनले एनआरएनएले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अझै निरन्तरता दिन आग्रह पनि गरे। 

उनले एनआरएनएले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पारेको बेला सहयोग गरेको भन्दै उक्त कार्यको प्रसंसा पनि गरे। 

डा महतले विश्वभर कोरोनाबाट संक्रमित नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे। 

उनले सरकार कोरोना नियन्त्रणमा सरकार संबेदनशिल नबनेको भन्दै अहिले त्यसको परिणाम काठमाडौंमा भयावह बन्दै गएको आरोप लगाए।

प्रकाशित मिति: : 2020-10-11 21:40:00

प्रतिकृया दिनुहोस्