कोरोना संक्रमित नेकपाकी सचेतक चौधरीलाई आइसियूमा सारियाे

शान्ता चाैधरी। फाइल तस्वीर

कोरोना भाइरसबाट संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ।

चौधरीका शुक्रबार राति वीर अस्पतालको आइसियूमा सारिएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका हुन्।

उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसअघि आइतबार ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। 

कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको त्यहाँ उपचार भइरहेकाे छ। यद्पी उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

२०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन्। उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन्।

डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो।

प्रकाशित मिति: : 2020-10-10 04:51:00

प्रतिकृया दिनुहोस्