जम्बुलिङ शेर्वी छोक्पाले मनायो विश्व शेर्पा दिवस  

विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा)ले भव्यताका साथ तेस्रो विश्व शेर्पा दिवस मनाएको छ। 

यस वर्ष कोभिड १९ यो विषम परिस्थितिमा प्रत्यश्ररुपमा दिवस मनाउन नपाएपनि संघले जुम अनलाइनको माध्यामबाट विश्वभरिकै सबै संस्थाहरुको अध्यक्ष, महासचिव एवं प्रतिनिधिहरुको उपस्थितिमा अक्टुबर ७ र ८ तारिख दुई दिन विशेष कार्यक्रमको साथ मनाएको हो ।

कार्यक्रम संघीय सांसद जिपछिरिङ लामा शेर्पाले ग्लोबलको यो युगमा शेर्पाहरु जहाँ पुगेपनि आफ्नो समुदायसँगै मातृभुमीको सहयोगमा जुट्दै आएकोमा खुसी व्यक्त गरेका थिए। उनले विश्वभरिको सबै शेर्पाहरुलाई एकत्रित गरि विश्व शेर्पा संघले खेलेको भुमिका प्रसंसा गरेका थिए । 

‘तपाईहरु सबै आ–आफनो ठाउबाट यसै गरि अघि बढ्नुस संघले पनि एकता र समुदायको हितमा यस्तै कार्य गदै जानुस मैले गर्नुपर्ने हरेक कार्यहरुमा सहयोग गर्न तयार छु’ सांसद शेर्पाले बताए । 

उनले शेर्पा समुदायको हितमा नेपाल सरकारको सांसदको नाताले सरकारसँग निरन्तर रुपमा लविङ गरिरहेको बताए। 

कार्यक्रममा सिक्किम सरकारको मन्त्रि मिङमा नुर्बु अस्वस्थ भएकोले उनले पठाएको शुभकामना मन्तव्य महासचिव पासाङ गेली शेर्पाले वाचन गरिएको थियो । 

 सन् २०१७ मा पहिलो पटक विश्वभरि रहेको शेर्पाको सस्थाको प्रतिनिधिहरु काठमाडौंमा भेला भई गठन गरेको विश्व शेर्पा संघले गत वर्ष सिक्किममा दोश्रो शेर्पा दिवस मनाएको थियो ।
 

प्रकाशित मिति: : 2020-10-09 19:58:09

प्रतिकृया दिनुहोस्