नेपाल–चीन सीमा छुट्याउने सीमास्तम्भ अनुगमन गरेर फर्कन लागेका नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन्।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वकाे टाेली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन्।
५, ६, ७ र ८ नम्बर सीमा स्तम्भकाे अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेकाे गाउँपालिकाका उपाध्यक्ष पेना लामाले बताए।
‘अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार भयाे’, उनले भने, ‘मेराे आँखामा सामान्य चाेट लागेकाे छ।’
यसअघि हुम्लामा ११ नम्बर सीमास्तम्भ हराएकाे थिया। उक्त स्तम्भ असाेज ८ गते नाम्खा गाउँपालिका ६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा भेटिएकाे थियाे।
पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए। उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने र अनुगमन निर्णय भएको थियो। तर, खोजीकार्यले गति लिन भने सकेको थिएन।