लिबियामा ७ भारतीय कामदार अपहरण

लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन्।

भारत फर्कनका लागि विमानस्थल त्रिपोली जाने क्रममा उनीहरु बाटोमै अपहरणमा परेका हुन्। 

अपहरणमा पर्नेहरूमा आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक छन्। उनीहरु लिबियाको एक कन्स्ट्रक्शन र तेल प्रशोधन केन्द्रमा कार्यरत रहेकाे जनाइएकाे छ।

लिबियाको अश्वेरिफ भन्ने स्थानबाट गत सेप्टेम्बर १४ तारिखमा उनीहरूको अपहरण भएको जनाइएकाे छ। यद्यपी अपहरणकारीको पहिचान भने खुल्नसकेकाे छैन।

सन् २०१५ मा भारत सरकारले एक चेतावनी जारी गर्दै असुरक्षा देखिएकाले आफ्ना नागरिकलाई लिबिया नजान सल्लाह दिएको थियो। सन् २०१६ पछि प्रतिबन्ध नै लगाएको थियो। जुन अहिले पनि यथावत् छ। 

भारत सरकारले आफ्ना नागिरकको रिहाइका लागि लिबियाली सरकारलाई आग्रह गरेको जनाएको छ।  

यता भारतको विदेश मन्त्रालयले ट्युनिसियास्थित आफ्नो दूतावासले लिबिया सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको मद्दत लिएर अपहरित ती भारतीय नागरिकलाई सकुशल फिर्ता गराउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-10-09 07:21:18

प्रतिकृया दिनुहोस्