सोही क्रममा सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतरपक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्ने रणनीतिमा देखिन्छ । त्यसका साथै केही प्रभावशाली नेताहरुबाट गुट अदल–बदलसमेत भएको पाइन्छ ।
साविकको गुट वा समूहमा विभिन्न कारणले असन्तुष्ट भएका केही नेताले अर्को प्रतिश्पर्धी गुटमा आफूलाई सामेल गराएका हुन् । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले मुख्य सारथी नै गुमाउनु परेको छ । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउने मुख्य सारथीदेखि लिएर सभापतिमा प्रस्तावक र समर्थक नै अहिले उनको साथमा छैनन् ।