कोरोना संक्रमणपछि काममा फर्किएका ट्रम्पको पछिल्लो जाँच रिपोर्ट सार्वजनिक गरिएन

कोरोनाभाइरस संक्रमण भएको एक हप्तापछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ओभल अफिस फर्किएर कर्मचारीसँग कामबारे जानकारी लिएका छन्। तर, उनी कहिले कोरोनामुक्त भए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

काममा फर्किएका ट्रम्पको कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट दिन ह्वाइट हाउसले अस्वीकार गरेको वासिङ्टन पोष्टले उल्लेख गरेको छ। ट्रम्पको कोरोनाभाइरसको पछिल्लो जाँच कहिले गरियो भन्ने पनि खुलाइएको छैन।

गएको २४ घन्टाभन्दा बढी समयदेखि उनलाई कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको उनका चिकित्सक डा. सिन कोन्लेलाई उधृत गर्दै बीबीसीले जनाएको छ। छैन। विगत चार दिनदेखि ज्वरो पनि नआएको डा.कोन्लेले बताएका छन्।

ट्रम्पले आफूलाई दिइएको जस्तै उपचार सबै अमेरिकीलाई उपलब्ध गराउन चाहेको पनि डा. कोन्लेले बताए। ट्रम्पले पनि रेजेनेरोन फार्मास्युटिकल्स् नामक कम्पनीले बनाएको औषधि सबैलाई निशुल्क दिने वाचा पनि गरेका छन्। तर, यो औषधि प्रयोग गर्न त्यहाँको संघीय नियामकले स्वीकृति दिएको छैन।

प्रकाशित मिति: : 2020-10-08 09:23:18

प्रतिकृया दिनुहोस्