राप्रपालाई निर्वाचन आयोगले  मान्यता दिएसँगै थापाले भने-‘पार्टी मिलाएकोमा गौरव लागेको छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताएका छन् ।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् ।

निर्बाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा थप लेखेका छन् :-"अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ।राप्रपाको चुनावचिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु।’

प्रकाशित मिति: : 2020-10-07 15:44:37

प्रतिकृया दिनुहोस्