प्रदेश ५ मा हंगामाः रोस्टमबाटै मन्त्रीले दिए सांसदलाई घिसारेर निकाल्न निर्देशन

बुटवल– प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई  घिसारेर निकाल्न आदेश दिएका छन् । प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफल गर्ने क्रममा मन्त्री केसीले सांसदहरुलाई ‘समातेर हाल, घिसारेर निकाली हाल’ भन्न शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिएका हुन् । संसदमा काँग्रेस सांसदले कुर्सी भाँचेर हंगामा मच्चाएपछि आक्रोशित भएका मन्त्री केसीले संसद अवरुद्ध गर्ने सांसदहरुलाई समातेर निकाल्न निर्देशन दिए । 

त्यसपछि केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए ।

मन्त्री रोस्टममा गएर निकै आक्रोशित ढंगले बोल्न थालेपछि मर्यादापालकले रोस्टममै पुगेर सुरक्षा दिएका थिए । सभामुखले भोलि दिउँसो  १२ बजे सम्मका लागि बैठक सकिएको जानकारी दिएका छन् ।  

प्रकाशित मिति: : 2020-10-05 17:22:56

प्रतिकृया दिनुहोस्