धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । 

धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । 

उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिए।

 यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-05 12:07:12

प्रतिकृया दिनुहोस्