प्रधानमन्त्री ओलीलाई कमल थापाले भने, ‘म तपाईँको शुभचिन्तक हुँ, निन्द्राबाट ब्युँझिनुस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्नदेखि लिएर अतिक्रमित भूमि फिर्ता लिनसम्मा सरकार पूर्णरूपमा असफल आरोप लगाएका छन्।

सोमबार एक ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले उक्त आरोप लगाएका हुन्। 

उनले भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न र रोजगारी सिर्जना गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई निन्द्राबाट ब्युँझिन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘म तपाईंको शुभचिन्तक हुँ,त्यसैले भन्छु- प्लिज वोइकअप, याक्ट फास्ट बिफोर इट्स टू लेट’  

प्रकाशित मिति: : 2020-10-05 08:49:52

प्रतिकृया दिनुहोस्