नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो।  

अर्को बैठकको मिति तोकिएको छैन।

पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो।

प्रकाशित मिति: : 2020-10-04 13:48:43

प्रतिकृया दिनुहोस्