कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ।

आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए। 

त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-10-04 12:36:30

प्रतिकृया दिनुहोस्