प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पकाे स्वास्थ्य लाभ कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि शनिबार बिहान अस्पताल भर्ना भएका ट्रम्पलाई ट्वीटरमार्फत ओलीले स्वास्थ्य लाभको कामना गरेका हुन्।

उनले ट्वीटरमा भनेका छन्,‘ म कामना गर्छु कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प चाँडै निको हुनेछन्।’

ट्रम्पलाई  २४ घण्टा नपुग्दै आज बिहान अस्पताल भर्ना गरिएको छ। 

ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको छ। 

उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए। 

ट्रम्पलाई ज्वरो आएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसको भनाई छ। 

ह्वाइट हाउसले ट्रम्पले थकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ।

याे पनि 

काेराेना संक्रमित ट्रम्पलाई ज्वराे आएपछि अस्पताल भर्ना

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

प्रकाशित मिति: : 2020-10-03 08:35:54

प्रतिकृया दिनुहोस्