नेकपा सचिवालय बैठक शनिबार ४ बजेलाई बोलाइयो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  सचिवालय बैठक शनिबार दिउँसो ४ बजे बस्ने भएको छ। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएको दाहालका प्रेस संयाेजक विष्णु सापकोटाले बताए। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न दाहाल शुक्रबार बिहान १० बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो।

सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायतका सचिवालयका नेताहरूले असन्तुष्ट बनेका छन्। 

त्यही असन्तुष्टि जनाउन बालुवाटार पुगेका दाहालल सचिवालय बैठक बाेलाउन माग गरेका थिए। शनिबारको सचिवालय बैठक बालुवाटारमा बस्नेछ। 

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि दुई अध्यक्षबीच पटक–पटक छलफल भएपनि सहमति जुटन् सकेको छैन। 

प्रकाशित मिति: : 2020-10-02 11:19:32

प्रतिकृया दिनुहोस्