हाथरस घटना : प्रहरीले भन्याे, ‘बलात्कार भएकाे हाेइन, जातीय दंगा भड्काउन लागि परेका हुन्’

भारतको उत्तर प्रदेशका एडिजी प्रशान्त कुमारले फरेन्सिक रिपोर्टमा हाथरसमा भएकाे दलित युवतीको सामूहिक बलात्कार नभएको प्रमाणित भएको बताएका छन्। साथै उनले मृत्युको कारण घाँटीमा देखिएको चोट रहेको बताए।

आमा र दाइ–भाइसँग घाँस काट्न गएका बेला ती युवतीमाथि सेप्टेम्बर १४ मा सामूहिक बलात्कार भएको थियाे। बलात्कारीले उनीमाथि निर्मम कुटपिट गरेका थिए। मर्‍यो भनेर छोडेर गएका थिए। पीडितका भाईका अनुसार उनको जिब्रो काटिएको थियो। कम्मरको हड्डी भाँचिएको थियो। शरीरको एक भाग काम गरिरहेको थिएन। बोल्न सकिरहेकी थिइन्।

ती युवतीको गएको सोमबार राति दिल्लीको सफदरजंग अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

तर एडिजी कुमारले संकलन गरिएको नमुनामा शुक्राणु–स्पर्म नपाइएको बताए। ‘यसबाट स्पष्ट हुन्छ कि जातीय दंगा भड्काउन एक समूह लागि परेको छ’, उनले भनेका छन्।

तर विपक्षी कांग्रेससहित पीडित परिवार र स्थानीय बासिन्दाहरुले बलात्कार घटनालाई सरकारले ढाकछोप गरेको भन्दै प्रदर्शनमा छन्।

प्रहरीको दाबीको जवाफ दिँदै कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले भनेकी छन्, ‘एलडीजी (ल एण्ड अडर) ले अति घिनलाग्दो कुरा गरेको छ। उनीहरु भन्छन् कि बलात्कार भएन किनकी विर्य भेटिएन। अतिकति कानून बारे जानकारी दिउँ, धारा ३७५ को सन् २०१३ मा संशोधन भयो। सर्वोच्च अदालतले उत्तर प्रदेश भर्सेस बाबुनाथ १९९४ मुद्दामा स्पष्ट भनेको छ कि विर्य नभेटिनु वा लिंगको पेनेट्रेशन नहुनु बलात्कार नभएको होइन, कोशिश गर्नु पनि बलात्कार हो।’

आफूहरुले घाँस काटिरहेकी युवतीलाई तानेर स्थानीय युवकहरुले सामूहिक बलात्कार गरेको आरोप छ। बेहोस अवस्थामा युवतीलाई आमाले भेटेकी थिइन्।

पीडितका भाईले भनेका छन्, ‘दिदी, आमा र दाई घाँस काट्न गएका थिए। भाई घाँस लिएर पहिल्यै घर फर्कियो। आमा अगाडि घाँस काटिरहेकी थिइन्, दिदी अलि पछाडि थिइन्। दिदीलाई तानेर उनीहरुले बलात्कार गरे। बेहोस अवस्था आमाले फेला पारिन।’ 

पीडितका दाइले प्रहरीले आफूहरुलाई सम्पूर्ण कागजात नदिएको बताएका छन्

यता इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले हाथरसमा दलित युवतीको कथित सामूहिक बलात्कार घटनामा स्वतः संज्ञान लिँदै उत्तर प्रदेशको सरकारलाई नोटिस पठाएको छ।

यो घटनाका विषयमा अक्टुबर १२ मा हाईकोर्टमा सुनवाई हुनेछ।

अदालतले गृह सचिव, डिजिपी, एडिशनल डिजिपी र हाथरसका डिएमलाई सुनवाईमा उपस्थित हुन निर्देशन दिनुका साथै पीडित परिवारका सदस्यलाई पनि उपस्थित हुन भनेको छ।

घटनाका अभियुक्त चारजनालाई पक्राउ गरिएको हाथरस प्रहरीले जनाइसकेको छ। 

प्रहरीले उनीहरुमाथि सामूहिक बलात्कार र हत्याको मुद्दा लगाएको छ। मृतकको परिवार र आरोपितका परिवारबीच लामो समयदेखि रिसइबी रहेकाे प्रहरीले जनाएकाे छ। र, उनीहरुलगायतका गाउँका अन्य दलित परिवारमाथि जातीय भेदभाव र दुव्र्यवहार हुँदै आएको पनि बताएकाे छ।

प्रकाशित मिति: : 2020-10-02 08:21:16

प्रतिकृया दिनुहोस्