‘सरकारको निर्णय विपरीत आफू खुशी विद्यालय सञ्चालन गरे कारवाही गर्छौं’

काठमाडौंका प्रमुख जिल्ला कार्यलयले मन्त्रिपरिषद्को निर्णय विपरीत आफू खुशी विद्यालय सञ्चालन गरे कारवाही गर्ने चेतावनी दिएकाे छ। 

अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै उक्त चेतावनी दिँदै सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेकाे हाे।  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,‘सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी हाे। कसैले सरकारको निर्णय बर्खिलाप गरेर एकलौटी विद्यालय सञ्चालन गर्न खोज्छ भने त्यो दण्डनीय छ।’ 

महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन गरिन थालेपछि अभिभावकको पनि गुनासो आएको बताउँदै दाहालले सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-10-01 19:13:28

प्रतिकृया दिनुहोस्