युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस

प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकार युवराज खतिवडालाई सरकारले अमेरिकासहित अन्य ६ देशका लागिसमेत राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार खतिवडालाई अमेरिकाका लागि आवासीय र पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। 

यस्तै सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

विश्वकर्माले काठमाडौं विश्वविद्यालयबाट पिएचडी गरेका छन्। प्रधानमन्त्री ओलीनिकट विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा सदस्य थिए। 

उनी पूर्वमन्त्री तथा नेकपा नेता छविलाल विश्वकर्माका ज्वाइँ पर्छन्।

प्रकाशित मिति: : 2020-10-01 18:30:55

प्रतिकृया दिनुहोस्