शंकरदास बैरागी नयाँ मुख्यसचिव

शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त भएका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्।

कार्यकाल सकिन केही दिन बाँकी हुँदा रेग्मीले राजीनामा दिएका हुन्।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो। मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए। 

परराष्ट्रका बहालवाला सचिव  वैरागीको कार्यकाल असोज २२ बाट सकिदै थियो।

प्रकाशित मिति: : 2020-10-01 11:29:22

प्रतिकृया दिनुहोस्