डा. राजन, जो सुदूरका बिरामीको मन जितिरहेछन्‌

थाहा खबर

डडेल्धुरा

प्रकाश पार्की
धेरैजसो विशेषज्ञ चिकित्सकहरूले सुगम ठाउँ नै रोज्छन्। सरकारले दुर्गम पठाएपनि केही समय मात्रै बस्छन्। पछि सरुवा मिलाएर सुगम वा घर नजिकै रोज्छन्। तर, केही यस्ता पनि चिकित्सक छन् : जो दुर्गममा बिरामीहरूको सेवामा दिनरात खटिइरहेका छन्। 

तीमध्येका एक हुन् : डाक्टर राजन शाह। उनी ८ महिनायता डडेल्धुरा अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन्। उनको घर प्रदेश नं. २ को जनकपुर उपमहानगरपालिका–१४ धनुषा हो।

सन् २०१६ मा जानकी मेडिकल कलेज जनकपुरबाट एमबीबीएस पढाइ पूरा गरेका राजनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रसूति तथा स्त्री रोगमा २०१९ मा स्नातकोत्तर तह (पिजी) को अध्ययन सकाए। उनी गत माघ २ गतेदेखि डडेल्धुरा अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत छन्। 
 

प्रकाशित मिति: : 2020-09-28 14:20:52

प्रतिकृया दिनुहोस्