बिएल संवाददाता
कोरोनाको पिसिआर परीक्षण गरिएपछि त्यसको रिपोर्ट आउन निकै समय लाग्थ्यो। त्यो पनि नेगेटिभ आएमा मात्र सम्बन्धित व्यक्तिले जानकारी पाउँथे।
तर, पोजेटिभ देखिएमा सम्बन्धित स्वास्थ्य संस्थाले पहिले रोग नियन्त्रण महाशाखामा पठाउँथ्यो र त्यहाँबाट जानकारी आएपछि मात्रै परीक्षण गराएका व्यक्तिले आफू संक्रमित भएको जानकारी पाउँथे।
लामो समयसम्म जानकारी नपाउँदा पोजेटिभ भएको रिपोर्ट आउनुपूर्व नै संक्रमित हतास भइसकेका हुन्छन्।
अब भने, नेगेटिभ वा पोजेटिभ जुनसुकै रिपोर्ट आए पनि स्वाब संकलन गरेका र ल्याबमा परीक्षण गराएका संस्थाले सिधै सम्बिन्धित व्यक्तिलाई नै दिनुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि आरटी पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजेटिभ जुनसुकै भए पनि सिधै सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
अब स्वाब संकलन गर्ने र पिसिआर परीक्षण गर्ने स्वास्थ्य संस्थाले महाशाखालाई नदिएर सिधै बिरामीलाई नै जानकारी दिनुपर्ने उनले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया