ललितपुरको पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।