मैले किन उनलाई चर्पी देखाउन सकिनँ?

सेतोपाटी

काठमाडौँ

सुरज सुवेदी

यो लेखमा एउटा खिल उक्काउँदै छु। 

त्यो खिल कसैले सोधेको प्रश्नमा आफैंले दिएको जवाफबाट बनेको हो। कसैले सोधेको एउटा सामान्य प्रश्न सायद धेरैबेर साथमा नरहला। मलाई सोधिएको त्यो प्रश्न सामान्य थियो। मैले झट्ट दिएको जवाफ पनि सामान्य नै थियो।

तर जवाफ दिइसकेपछि 'मैले किन त्यसरी जवाफ दिएँ?' भनेर आफूले आफैंलाई सोधेको प्रश्न भने असामान्य बन्यो। 

मैले उनलाई जवाफ दिएपछि आफैंलाई सोधेको त्यही असामान्य प्रश्न काँडा बनेर मेरो मनमा गढ्न थालेको थियो। अहिले खिल भएको छ। 

यो लेखमा त्यही खिल उक्काउँदै छु।

ग्यास चुल्होको देब्रे बर्नर बिग्रिएको महिनौं भइसकेको थियो। निलो बल्नुपर्ने आगो पहेँलो पहेँलो बल्थ्यो। कराही र कुकरमा कालो लाग्थ्यो। तर मलाई बनाउने हतार भएको थिएन। निलोबाट पहेँलो हुँदै कालो बन्ने रङको यात्रा रमाइलै लागिरहेको थियो।

प्रकाशित मिति: : 2020-09-25 09:42:57

प्रतिकृया दिनुहोस्