ललितपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

ललितपुरमा थप तीन कोरोना भाइरस स्रंक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेकाे स्वास्थ्य कार्यालय, ललितपुरले जनाएकाे छ। 

स्वास्थ्य कार्यालयका अनुसार दुईको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे।

मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हाे। 

सोही अस्पतालमै उपचारत असोज ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थय कार्यालयले जानकारी दिएको छ।

यस्तै, बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-25 08:25:54

प्रतिकृया दिनुहोस्