बिएल संवाददाता
धरानमा उपचाररत सिराहाका ५० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा सिराहाको औरी ३ का संक्रमित पुरुषको मृत्यु भएकाे हाे।
याे सँगै मृत्यु हुनेकाे संख्या ३१ जना पुगेको छ।
प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार मस्तिष्क पक्षघात भएर मृगाैला रोगको लक्षण देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानमा रिफर गरेको थियो।
त्यसपछि थप उपचारकाे लागि कोभिड अस्पतालमा भदौ ६ गते भर्ना गरिएकाे थियाे।
मृतक पुरुषको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया