‘१८ जना विदेशी पर्यटक आउँदैमा उत्साही भइहाल्नु पर्दैन’

थाहा खबर

काठमाडौं

अतिन आचार्य

बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली बुधबार नेपाल आयो। लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत आएको सो टोली यतिखेर सात दिनका लागि गोकर्ण फरेष्ट रिसोर्टको क्वारेन्टाइनमा बसिरहेको छ।

सरकारले विदेशी पर्यटकका लागि ट्रेकिङ र पर्वतारोहण क्षेत्र खुला गरिसकेको छ। घुम्न आउने पर्यटकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ। कात्तिक दोस्रो सातादेखि सीमित संख्यामा विदेशी नागरिक नेपालको पदमार्ग र पर्वतारोहण क्षेत्रमा जान सक्नेछन्‌।

कोरोना महामारीका बीच अन्तर्राष्ट्रिय उडान खुलेपछि पहिलोपटक हिमाल आरोहणका लागि भीआइपी पर्यटकका रूपमा बहराइनका राजकुमार नेपाल आउनुले पर्यटन क्षेत्रमा आशा गर्ने ठाउँ बनेको छ।
 

प्रकाशित मिति: : 2020-09-20 08:20:38

प्रतिकृया दिनुहोस्