मोदीलाई ओलीले दिए जन्मदिनको शुभकामना, भने– सु–स्वास्थ्य र खुशी प्राप्त होस्

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जन्मोत्सव मनाउँदै छन्।  भारतीय प्रधानमन्त्री मोदीको जन्म सन् १९५० को सेप्टेम्बर १७ मा भएको हो। 

उनी ७० वर्ष पूरा भएका छन् बिहीबार अर्थात सेप्टेम्बर १७ मा।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको शुभकामना सन्देशमा   शुस्वास्थ्य र खुशीको कामना गरिएको छ।

साथै दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन्।

ओलीले सन्देशमा भनेका छन्, ‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना। सु–स्वास्थ्य र खुशी प्राप्त होस्। हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ।’

प्रकाशित मिति: : 2020-09-17 07:16:30

प्रतिकृया दिनुहोस्