प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्दा खड्काले फिर्ता लिइन्

प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध हालेको अंश मुद्दा बालिका खड्काले फिर्ता लिएकी छन्। काठमाडौं जिल्ला अदालतमा रहेको उनले अंश चलन मुद्दाको फिराद पत्रमा बुधबार फिर्ता लिएकी हुन्। 

मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्दै अंश माग गर्दै उनले मुद्दा हालेकी थिइन्। 

उनले राईसँग अंश माग गर्नका लागि श्रीमान श्रीमतिको नाता कायम भएको वा हुन सक्नेमा कुनै आधार र प्रमाण नभएको दावी गर्दै मुद्दा फिर्ता लिन निवेदन दिएकी थिइन्। 

उनले राईसँग कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि अंश दाबी सावित गर्न नसक्ने भन्दै मुद्दा फिर्ताको निवेदन दिएकी हुन्। 

मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखी/लेखाई जिल्ला अदालतमा ३१ गते निवेदन दिएकी हुन्।  

प्रकाशित मिति: : 2020-09-16 17:17:30

प्रतिकृया दिनुहोस्