गण्डकी प्रदेशमा प्रहरीसहित थपिए ५० नयाँ संक्रमित

बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५० जना संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन्। यस्तै वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ  ।

प्रकाशित मिति: : 2020-09-16 07:05:16

प्रतिकृया दिनुहोस्