नेपालमा कुद्न भारतमा तम्तयार छ रेल तर सरकारसँग न कानून, न त जनशक्ति नै !

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालनबारे खुब भाषण गर्छन् । रेलबारे ठूल्ठूला गफ गरेपनि काम केही नगरेको भन्दै ओली सरकारको आलोचना हुने गरेको छ ।

जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारत सरकारको अनुदानमा रेलमार्ग निर्माण लगभग पूरा भएको छ । नेपाल सरकारले खरिद गरेको रेल भारतमा बनिसकेर जनकपुर आउँदैछ । तर रेल सञ्चालनका लागि आवश्यक पर्ने कानून, नियम, कार्यविधि लगायत कागजी कामकारवाही भने सरकारले पूरा गरेको छैन ।

रेल सञ्चालनका लागि कानूनी बन्दोबस्त मात्रै होइन, जनशक्तिको व्यवस्थापन समेत भइसकेको छैन । तर सरकारले खरिद गरेर रेल आगामी असार ७ गतेभित्रै जनकपुर आइपुग्ने भएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले असोज ७ गतेभित्रै रेल जनकपुर आइपुग्ने बताए । ‘अबको २ महिनाभित्र रेल सञ्चालनमा आइसक्छ,’ उनले भने । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म रेल सञ्चालनमा आउनले उनले बताए ।

प्रकाशित मिति: : 2020-09-15 19:12:01

प्रतिकृया दिनुहोस्