बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो । नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९६, यूनियन हाइड्रो पावर ९.८६, रिडी हाइड्रोपावर ९.५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.५२ ले कमाए । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८.१७, राष्ट्रिय बीमा कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ४.१०, नेपाल सेवा लघुवित्त ३.६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.४५ प्रतिशतले गुमाए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया