भक्तपुरमा थप दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट भक्तपुरमा आज थप दुई जनाको ज्यान गएको छ। मृत्यु हुने दुवैजना मध्यपुर ठिमी नगरपालिकाका रहेका छन्।

मध्यपुर थिमी नगरपालिका- ५ का ७७ बर्षीय पुरुष र वडा नम्बर ७ का ८१ बर्षीय पुरुष गरि दुईजनाको ज्यान गएको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

वडा नम्बर ५ का पुरुषको मुटुको अपरेशन गर्नुअघि पिसिआर परीक्षण गरिएको थियो। उनमा कोरोना संक्रमण देखिएको र अपरेशनपछि आज बिहान मृत्यु भएको नगरप्रमुख श्रेष्ठ बताए। ती पुरुषमा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै वडा नम्बर ७ का पुरुषको ८ दिनअघि गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि होम आइसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यवस्था थप जटिलता देखिएसँगै उनलाई मेघा अस्पतालमा लगिएको थियो।

तर, उक्त अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डि अस्पतालमा रेफ्रर गरिएको र अस्पातल पुराउनु अगावै बाटोमै उनको मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिए।

योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-14 15:26:09

प्रतिकृया दिनुहोस्