भारतललाई अफगान विदेशमन्त्रीद्धारा धन्यवाद ज्ञापन

अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन्।

अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ ।

शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको शान्तिको पक्षमा रहेको बताएका थिए।

उहाँले व्यक्त गर्नुभएको सो शुभकामनाका लागि अफगानिस्तानले पनि धन्यवाद ज्ञापन गरेको हो । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमरले अफगानिस्तानको शान्ति र विकासका पक्षमा रहेकोमा भारतलाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।

शनिबार दोहामा शुरु भएको अफगान शान्ति वार्ताको उद्घाटनका लागि भएको कार्यक्रममा भारतीय विदेशमन्त्री पनि भिडियोमार्फत सहभागी थिए । त्यस क्रममा उनले भारत अफगानिस्तानमा दिगो शान्ति, विकास र त्यहाँका अल्पसंख्यक महिला र अन्य नागरिकको हितको रक्षाको पक्षमा रहेको धारणा राखेका थिए।

अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार र तालिबानीहरुका बीचमा शनिबारबाट वार्ता शुरु भएको छ ।सो वार्ता सकारात्मक रुपमा अघि बढिरहेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: : 2020-09-14 13:47:51

प्रतिकृया दिनुहोस्