कंगना रनौट मुद्धामा महाराष्ट्र सरकारको समर्थन नगरेको भन्दै शिव सेनाका नेता सञ्जय राउत अभिनेता अक्षय कुमारसँग रिसाएका छन्।
उनले पार्टीको मुखपत्र सामनामा अक्षयप्रति कडा टिप्पणी गर्दै कंगनाले मुम्बईलाई पाकिस्तानले कब्जा गरेको कास्मिर (पिओके) सँग तुलना गर्दा पनि अक्षयले केही नबोलेको आरोप लगाएका छन्।
उनले प्रश्न गरेका छन्, ‘के मुम्बई पैसा कमाउने ठाउँ मात्र हो?’ उनले मुम्बईको तुलना पिओकेसँग गरेको घटनामा अक्षय कुमार जस्ता कलाकारहरू अगाडि आउनुपर्ने र कंगनाको विरोध गर्नुपर्ने बताए।
अक्षय कुमार पछिल्लो समय शिव सेनाका युवा नेता तथा मन्त्री आदित्य ठाकरेसँगको सम्बन्धका कारण चर्चामा थिए। तर, उनी हाल सुटिङका लागि विदेश गएका छन्।
उनले गत साता भारत सरकारले पब्जी गेम्सलाई प्रतिबन्ध लगाएपछि फौजी नामक नयाँ गेम्स लञ्च गरेका थिए। तर, उनीमाथि दिंवगत अभिनेता सुशान्त सिंह राजपूतको ‘पेटेन्ट’ चोरी गरेको आरोप लागेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया