चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ।

कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

रुखले विद्युतीय तारलाई छोएपछि शनिबार गणको कम्पाउण्डमा रहेको हाँगा काट्ने क्रममा करेन्ट लागकेाे थियाे। 

सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। 

सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।

प्रकाशित मिति: : 2020-09-12 15:01:01

प्रतिकृया दिनुहोस्