स्थायी कमिटीकाे बैठकमा एकछिन बसेर निस्किए अध्यक्ष ओली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक जारी छ। 

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको नेकपाको स्थायी समिति बैठक ७१ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

यद्यपि बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्। बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ। प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

बैठकमा कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र दाहालले तयार पारेको मिलापत्र(कार्ययोजना) पेश भएको एक स्थायी समिति सदस्यले जानकारी दिए। कार्ययोजना पेश गर्दै अध्यक्षले बैठकलाई सम्बोधन गरेका थिए। 

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ। उक्त प्रस्ताव बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।

प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय भने समेटिएको छैन। प्रस्तावमाथि नेता नेपालको असन्तुष्टि कायम नै छ।

प्रकाशित मिति: : 2020-09-11 12:43:43

प्रतिकृया दिनुहोस्