कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ।
भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको आज बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको थियाे।
योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। त्यस्तै भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६३ जनाको मृत्यु भएको छ ।