चितवनमा ३ सय १९ नमुना परीक्षण गर्दा १४ जनामा कोराेना

फाइल तस्वीर: एपी

चितवनमा थप १४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा बुधवार रातिसम्म ३ सय १९ नमुना परीक्षणमा गर्दा १४ जनामा पोजेटिभ देखिएको हो।

यसरी संक्रमित देखिनेमा भरतपुर महानगरपालिका १३ जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन्।

 संक्रमितमध्ये ७ जना महिला रहेका छन्।


 

प्रकाशित मिति: : 2020-09-10 08:51:55

प्रतिकृया दिनुहोस्