बागलुङको ताराखोलामा गएराति चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका ३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङ लागपछि उनी घाइते भएका थिए।
टाउकोमा गहिरो चोट लागेका बस्नेतकाे उपचारका क्रममा गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्र मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले जानकारी दिए । युवकको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने उनले बताए ।