काठमाडौं उपत्यकाभित्र अब बारअनुसार पसल सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाभित्र अब बारअनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाएर व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएकाे हाे।

सूचना अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ।

यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ।

प्रकाशित मिति: : 2020-09-09 19:33:05

प्रतिकृया दिनुहोस्